कात्तिक १ गते २०८३ || October 17, 2026

डेढ महिना नपुग्दै प्रचण्ड सरकारमा पाँच मन्त्रालय खाली


मंगलबार, माघ २४ २०७९११:२४

डेढ महिना नपुग्दै प्रचण्ड सरकारमा पाँच मन्त्रालय खाली

 काठमाडौँ - सरकार गठन भएको दुई महिना नपुग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रीमण्डलमा ५ मन्त्रालय रिक्त हुन पुगेको छ ।

सरकार गठन भएको ४३ दिनसम्म पनि दुई मन्त्रालयको जिम्मेवारी बाँडफाँड गर्न नसकिरहेको बेला रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा समेत सरकारवाट बाहिरिने निर्णय लिएसँगै ५ वटा मन्त्रालय रिक्त हुन पुगेका हुन् । जसअनुसार हालसम्म बिस्तार गर्न नै नसकेका वन तथा वातावरण तथा युवा तथा खेलकुद्सहित गृह मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रहेका छन्।

सत्तारुढ गठबन्धन दलहरुको बिचमा सहमति हुन नसक्दा सरकार गठन गरेको ४३ दिनसम्म पनि वन र खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको थिएन । यसैवेला, प्रधानमन्त्री प्रचण्ड र रास्वपा बीचमा गृह मन्त्रालयमा कुरा नमिले पछि सो पार्टी प्रचण्ड सरकारवाट गत आइतवार बाहिरिएको थियो ।

सर्वोच्च अदालतले सो पार्टीका सभापति रवि लामिछानेको नागरिकता बिबादमा लामिछानेले नेपालको नयाँ नागरिकता नलिई उपप्रधान तथा गृह मन्त्री र सांसद पदको जिम्मेवारीमा बसेको र सो कारण नेपालका कानुन अनुसार बस्न अयोग्य भन्दै फैसाला गरिदिए पछि लामिछाने जिम्मेवारीवाट मुक्त हुनु परेको थियो ।


  • सम्बन्धित विषय:

  • # डेढ महिना नपुग्दै प्रचण्ड सरकारमा पाँच मन्त्रालय खाली


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend