असोज ३० गते २०८३ || October 16, 2026

भूमि व्यवस्था मन्त्रालयले भन्यो__"जग्गाको वर्गीकरण छिटो होस्"


मंगलबार, माघ २४ २०७९११:४०

भूमि व्यवस्था मन्त्रालयले भन्यो__"जग्गाको वर्गीकरण छिटो होस्"

 काठमाडौँ - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न सुझाव दिएको छ । स्थानीय तहले जग्गाको वर्गीकरण नगरेका कारण जग्गा बेचबिखनलगायतका कारोबार र हक हस्तान्तरण हुन नसकिरहेका बेला मन्त्रालयले यस्तो अनुरोध गरेको हो ।

मन्त्रालयका सचिव डा दामोदर रेग्मीले जग्गाको वर्गीकरण छिटो भएमा विकासको योजनाबद्ध प्रक्रिया र जनताले भोगिरहेका समस्या समाधान गर्न महत्वपूर्ण सहयोग पुग्ने बताए । मन्त्रालयले मालपोत र नापी कार्यालयमार्फत स्थानीय तहलाई जग्गाको वर्गीकरणका लागि प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । 

 


  • सम्बन्धित विषय:

  • # भूमि व्यवस्था मन्त्रालयले भन्यो__"जग्गाको वर्गीकरण छिटो होस्"


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend