असोज ३० गते २०८३ || October 16, 2026

मैले जनताको पक्षमा राजनीति गरेको हुँ : उम्मेदवार प्रकाश थापा मगर


मंगलबार, वैशाख २७ २०७९११:३७

मैले जनताको पक्षमा राजनीति गरेको हुँ : उम्मेदवार प्रकाश थापा मगर

काठमाडौँ - मध्यपुरठिमी नगरपालिकाका वडा २ अध्यक्ष पदका उम्मेदवार प्रकाश थापा मगरले जनताको जनताको पक्षमा राजनीति गरेको बतईका छन् | एक पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उने सो कुरा बताएका हुन् | 

 प्रकाश थापा मगर मध्यपुरठिमी नगरपालिकाका वडा २ नेकपा एमालेबाट प्रतक्ष्य वडा अध्यक्ष पदका उम्मेदवार हुन्  | सामाजिक रुपान्तरणमा राजनीतिको ठुलो भूमिका रहेको उम्मेदवार थापाले बताए | आफ्नो वडामा खानेपानीको समस्या छ, जनप्रतिनिधि भैसकेपछि एक घर एक धारा अभियान संचालनमा ल्याउने अठोट गरेका छन् | आफ्ना वडावासीहरुलाई विशेष ध्यान दिने उनको भनाई छ | 

उम्मेदवार प्रकाश थापा मगरले पढेलेखेको युवाहरु विदेश जानुपरेको गुनासो गरे | थोरै लगानी गरेर भएपनि नेपालमै केहि गरेर खान सक्ने व्यवस्था मिलाउन सक्ने उनको धारणा छ | 

महिलाका लागि राजनितीमा ज्ञान दिने,  आर्थिक आयआर्जनमा वृद्धि गर्ने, महिला हिंसा रोक्ने लगाएतका एजेण्डा पार्टीको घोषणा पत्रमा रहेको उल्लेख गरे |   

  हाम्रो टिमले उम्मेदवार थापासँग गरिएको विशेष अन्तर्वार्ता : 

 


  • सम्बन्धित विषय:

  • # प्रकाश थापा मगर


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend