कात्तिक १ गते २०८३ || October 17, 2026

आजको मौसम : तराईमा हुस्सु, हिमाली जिल्लामा हिमपातको सम्भावना !


बुधबार, माघ २५ २०७९०८:०६

आजको मौसम : तराईमा हुस्सु, हिमाली जिल्लामा हिमपातको सम्भावना !

काठमाण्डौ - तराईका जिल्लामा आज पनि बिहानैदेखि हुस्सु लागेको छ । केही दिन यता लगातारजसो लागेको हस्सुका कारण जनजीवन प्रभावित भएको छ ।

बिहानदेखि दिउँसोसम्म नै हुस्सु लाग्ने गरेकाले चिसो बढेको छ । आज पनि दिउँसोसम्म नै हुस्सु लाग्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिक्षर््न् । उनका अनुसार यो हप्ताभरी नै तराईको मौसम यस्तै रहने अनुमान छ ।

मौसमविद्ले तीन दिनको मौसम पूर्वानुमान गर्दै आएका छन् । तराईमा बाक्लो हुस्सुसँगै चिसो हावासमेत चलिरहेकाले तातो न्यानो भएर बस्न मौसमविद्को सुझाव छ ।

यस्तै, आज हिमाली जिल्लाका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् विनु महर्जनले बताउनुभयो । पहाडी क्षेत्रको मौसम भने आज आंशिक बद्ली हुने अनुमान छ । 


  • सम्बन्धित विषय:

  • # आजको मौसम : तराईमा हुस्सु, हिमाली जिल्लामा हिमपातको सम्भावना !


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend