असोज ३० गते २०८३ || October 16, 2026

बुद्ध जयन्तीका दिन जेठ २ गते भारतका प्रधानमन्त्री मोदी नेपाल आउने


बुधबार, वैशाख २८ २०७९०९:११

बुद्ध जयन्तीका दिन जेठ २ गते भारतका प्रधानमन्त्री मोदी नेपाल आउने

डडेल्धुरा - प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जयन्तीका दिन जेठ २ गते भारतका प्रधानमन्त्री नेपाल आउने जानकारी दिएको छ । डडेल्धुरामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले लुम्बिनीमा हुने कार्यक्रममा भारतका प्रधानमन्त्री मोदीसँग आफ्नो भेटवार्ता हुने पनि बताए। त्यस क्रममा सुदूरपश्चिम क्षेत्रका लागि महìवको पश्चिम सेती जलविद्युत् आयोजना निर्माणमा भारतीय कम्पनीसँग सम्झौताबारे निर्णय हुनसक्ने बताए। 

चीनले बनाएका जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली भारतले खरिद नगर्ने नीति लिएको बताउँदै उनले भारतीय लगानीबाट बनेका भने खरिद गर्ने हुँदा पश्चिम सेतीबारे दुईवटा भारतीय कम्पनी सतलज र आईबीएचएमसँग कुराकानी भएको उल्लेख गरे।

पश्चिम सेतीसँगै महाकालीको पञ्चेश्वर परियोजनासमेत बनाउने उनले बताए। यसैबीच, प्रधानमन्त्री देउवा स्थानीय तहको चुनावसम्म सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने बताइएको छ।  


  • सम्बन्धित विषय:

  • # मोदी


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend