असोज ३० गते २०८३ || October 16, 2026

'नेपालमा विदेशीको इसारामा सरकार बन्छ र ढल्छ, यो व्यवस्था फेर्नुपर्छ' : विप्लव


बुधबार, माघ २५ २०७९०२:५५

'नेपालमा विदेशीको इसारामा सरकार बन्छ र ढल्छ, यो व्यवस्था फेर्नुपर्छ' : विप्लव

 काठमाडौँ - नेकपाका महासचिव नेत्रविक्रम चन्द्र विप्लवले विदेशीको इसारामा सरकार बन्ने र ढल्ने गरेको दाबी गरेका छन् ।


काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले देशको अर्थतन्त्र डाँवाडोल हुनेको कारण नै नेपालको दलाल पूँजीवादी सत्ता भएको बताए ।

उनले भने, ‘नेपाली युवाहरु स्वदेशमै बस्न सक्ने अवस्था छैन । त्यसको समाधान चुनाव र सत्ता हेरेफेरमात्रै होइन । यो व्यवस्था नै परिवर्तन गर्नुपर्छ । नेपाललाई वैज्ञानिक समाजवादतिर लैजान आवश्यक छ । हामी जनतामा देख्दैछौं। बहस सुरु भइसकेको छ । त्यसैले केही समय लाग्ला । तर, जनता यो व्यवस्था परिवर्तन गर्नतर्फ लाग्छन् नै ।’


  • सम्बन्धित विषय:

  • # 'नेपालमा विदेशीको इसारामा सरकार बन्छ र ढल्छ, यो व्यवस्था फेर्नुपर्छ' : विप्लव


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend