असोज ३० गते २०८३ || October 16, 2026

सभामुख घिमिरे र चिनियाँ राजदूतबीच भेटवार्ता


बुधबार, माघ २५ २०७९०४:११

सभामुख घिमिरे र चिनियाँ राजदूतबीच भेटवार्ता

 काठमाडौँ - सभामुख देवराज घिमिरेसँग नेपालका लागि चीनका राजदूत छेन् सोङले शिष्टाचार भेट गरेका छन् । 

सिंहदरवारस्थित सभामुखको कार्यालयमा बुधबार भएको भेटमा दुईपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको छ । भेटमा चिनियाँ राजदूतले चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले सभामुख घिमिरेलाई पठाएको शुभकामना सन्देश हस्तान्तरण गरेका छन् ।

यही माघ ५ गते घिमिरे प्रतिनिधिसभाको सभामुख निर्वाचित भएका थिए । चिनियाँ राजदूत सोङले सभामुख घिमिरे वरिष्ठ राजनीतिक रहेको स्मरण गर्दै नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा अथक भूमिका निर्वाह गरेको भन्दै सफल कार्यकालको शुभकामना दिए ।

सभामुख घिमिरेले नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामा चीनले इतिहासदेखि नै देखाउँदै आएको नीतिको सराहना गर्दै ‘एक चीन नीति’प्रति नेपाल दृढ रहेको, नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने र चीनको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई उच्च महत्व दिने उल्लेख गरे।

उनले कोभिड महामारीमा चीनले स्वास्थ्य सामग्री र खोपका लागि पुर्‍याएको सहयोगको प्रशंसा गरे। भूकम्पपछिको पुनर्निर्माणमा चीनबाट भएको सहयोग स्मरणीय रहेको बताउँदै सभामुख घिमिरेले दुई देशका नाकाहरु क्रमशः खुलाउन सहयोग हुने विश्वास व्यक्त गरे।


  • सम्बन्धित विषय:

  • # सभामुख घिमिरे र चिनियाँ राजदूतबीच भेटवार्ता


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend