कात्तिक १ गते २०८३ || October 17, 2026

देउवा विरुद्दको रिटमा सर्वोच्चले जारी गर्‍यो कारण देखाउ आदेश


बिहीबार , माघ २६ २०७९०७:२६

देउवा विरुद्दको रिटमा सर्वोच्चले जारी गर्‍यो कारण देखाउ आदेश

 काठमाण्डौँ - नेपाली कांग्रेसलाई संसद्को प्रमुख प्रतिपक्षी दल नबनाउन भन्दै सर्वोच्चमा परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिएको भन्दै अधिवक्ता विमल पोखरेलले संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा दिन नहुने माग गर्दै सर्वोच्चमा रिट हालेका थिए ।

सुनुवाइका लागि बुधबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा परेको उक्त रिटमा सर्वोच्चले संघीय संसद् सचिवालयसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको मान्यता दिनुको कारण सोधेको हो । साथै, अन्तरिम आदेशका लागि दुवै पक्षलाई झिकाउने निर्णयसमेत भएको छ ।


  • सम्बन्धित विषय:

  • # देउवा विरुद्दको रिटमा सर्वोच्चले जारी गर्‍यो कारण देखाउ आदेश


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend