कात्तिक १ गते २०८३ || October 17, 2026

सुदूरपश्चिम प्रदेश सभा बैठक ४ बजे सम्मका लागि स्थगित


बिहीबार , माघ २६ २०७९०१:१९

सुदूरपश्चिम प्रदेश सभा बैठक ४ बजे सम्मका लागि स्थगित

 धनगढी - सुदूरपश्चिम प्रदेश सभाको बैठक ३ घण्टाका लागि स्थगित भएको छ । बिहीबार दिउँसो १ बजे बस्ने भनिएको बैठक अपराह्न ४ बजे सम्मका लागि स्थगित भएको प्रदेश सभा सचिव देव बहादुर बोगटीले जानकारी दिए । 

प्रदेश सभाको आज ९बिहीबार० बस्ने बैठकमा मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने तयारी छ । तर, नागरिक उन्मुक्ति पार्टीले विश्वासको मतका सन्दर्भमा स्पष्ट निर्णय नगर्दा मुख्यमन्त्री रावलले विश्वासको मत पाउने सम्भावना कमजोर बनेको छ । 


  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम प्रदेश सभा बैठक ४ बजे सम्मका लागि स्थगित


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend