कात्तिक २ गते २०८३ || October 18, 2026

सिंहदरवारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल


बिहीबार , माघ २६ २०७९०४:३१

सिंहदरवारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलबीच भेटवार्ता भइरहेको छ । सिंहदरवारमा भइरहेको भेटवार्तामा राष्ट्रपतिको विषयमा स्पष्ट हुँदै सत्तारुढ गठबन्धनभित्रको अविश्वास हटाउने विषयमा छलफल भइरहेको छ ।

च्यासलस्थित पार्टी मुख्यालयमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकबाट सिंहदरवार पुगेका ओलीले प्रधानमन्त्री प्रचण्डलाई भावी राष्ट्रपतिबारे स्पष्ट हुन आग्रह गरेका छन् ।

आगामी २५ मा फागुनमा हुने राष्ट्रपतिको निर्वाचन र उम्मेदवारको विषयले सत्तारुढ दलभित्र अविश्वास पैदा भएको छ  । कांग्रेसले राष्ट्रपतिमा आकांक्षा देखाएको र प्रधानमन्त्री प्रचचण्डले समर्थन गर्न लागेको विषयले प्रमुख सत्ता साझेदार एमाले संशंकित हुँदै आएको छ ।


  • सम्बन्धित विषय:

  • # सिंहदरवारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend