कात्तिक २ गते २०८३ || October 18, 2026

सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित


पिपल अनलाइन
आइतबार, माघ २९ २०७९०१:०८

सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौं - सरकारसँगको वार्तापछि नेपाल चिकित्सक संघले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरेको छ।

गत शुक्रबार राष्ट्रपतिको सवारीका क्रममा सुरक्षाकर्मीबाट चिकित्सकको कुटिएको विरोधमा आइतबार आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा ठप्प पारेको संघले सरकारसँगको वार्ता पछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो।

वार्तापछि संघका अध्यक्ष डा लोचन कार्की र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवं वार्ता टोली संयोजक डा गणेशप्रसाद पाण्डेयले हस्ताक्षर गरेको सहमतिअनुसार संघले अगाडि सारेका सम्पूर्ण आन्दोलनका कार्यक्रम तत्काल स्थगित गर्ने उल्लेख छ।

साथै चिकित्सकलाई कुट्ने सुरक्षाकर्मीलाई कारबाही गर्ने, घाइते चिकित्सकको उपचार सरकारले गर्नेलगायतका बुँदामा सहमति भएको छ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend