असोज ३० गते २०८३ || October 16, 2026

पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता कायमै


आइतबार, जेठ १ २०७९१०:३५

पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता कायमै

पोखरा - स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन्।

पोखरा महानगरको वडा नं १, २, १२ र २३ को तीन हजार ५०० मत गणनामा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले एक हजार ३४९ मत प्राप्त गरी अग्रता लिरहेका छन्। 

त्यसैगरी नेकपा (एमाले)का प्रमुखका उम्मेदवार कृष्णबहादुर थापाले एक हजार २५० मतसहित आचार्यलाई पछ्याएको छ।उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले एक हजार ४५० मतसहित अग्रता लिएकी छिन।

उनका प्रतिस्पर्धी मञ्जुदेवी गुरुङले एक हजार ४०५ मतसहित रानाभाटलाई पछ्याइरहेको छ।


  • सम्बन्धित विषय:

  • # बालकृष्ण खाँण
  • # प्रम देउवा


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend