कात्तिक १ गते २०८३ || October 17, 2026

आजको मौसम : तराई क्षेत्रमा बिहानीपख हुस्सु, अन्य क्षेत्रमा मौसम सफा रहने


मंगलबार, फागुन २ २०७९०६:५९

आजको मौसम : तराई क्षेत्रमा बिहानीपख हुस्सु, अन्य क्षेत्रमा मौसम सफा रहने

काठमाडौँ - हाल देशमा कुनै पनि मौसमी प्रणालीहरूको उल्लेखनीय प्रभाव रहेको छैन । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

उता, राति पनि देशभर मौसम सामान्यतया सफा रहने छ । तराईका थोरै भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ । हुस्सुले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


  • सम्बन्धित विषय:

  • # आजको मौसम : तराई क्षेत्रमा बिहानीपख हुस्सु, अन्य क्षेत्रमा मौसम सफा रहने


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend