कात्तिक १ गते २०८३ || October 17, 2026

आन्दोलनरत यातायात मजदुरलाई वार्तामा आउन आग्रह, समस्या समाधानको प्रयास हुने


मंगलबार, फागुन २ २०७९०७:११

आन्दोलनरत यातायात मजदुरलाई वार्तामा आउन आग्रह, समस्या समाधानको प्रयास हुने

 काठमाण्डौँ - सरकारले आन्दोलनरत यातायात मजदुरलाई वार्तामा आउन आग्रह गरेको छ । आज दुई पक्षबीच वार्ता हुने विश्वास गरिएको छ । आजै बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बोलाइएको यातायात विभागका महानिर्देशक तुलसी गौतमले जानकारी दिए । 

ट्राफिक जरिवानालगायत विषयलाई लिएर यातायात मजदुरले सोमबार दिनभरी काठमाडौंको गोंगबु बसपार्क, माछापोखरी क्षेत्रमा प्रदर्शन गरेका थिए । सो क्रममा प्रहरीको गाडीमा तोडफोड र आगजनी गरेका थिए । माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोस्ट भत्काइदिएका थिए ।


  • सम्बन्धित विषय:

  • # आन्दोलनरत यातायात मजदुरलाई वार्तामा आउन आग्रह, समस्या समाधानको प्रयास हुने


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend