कात्तिक १ गते २०८३ || October 17, 2026

राष्ट्रियसभाको बैठक आज बस्दै, कार्यसूचीहरु के-के छन् ? 


मंगलबार, फागुन २ २०७९०९:१७

राष्ट्रियसभाको बैठक आज बस्दै, कार्यसूचीहरु के-के छन् ? 

 काठमाडौँ - राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक आज दिउँसो चार बजे बस्ने भएको हो । 

संसद् सचिवालयका अनुसार बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९र०८० को बजेटको अर्ध–वार्षिक मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गर्ने र दिगो विकास तथा सुशासन समितिले २०७८(७९ को प्रतिवेदन प्रस्तुत गर्ने तयारी छ ।

यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदन प्रस्तुत हुनेछ ।  बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले मन्त्रिपरिषद् बैठकबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगको ऐन २०७१ को दफा ४२ बमोजिम बाधा अड्काउ फुकाऊ आदेश पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।


  • सम्बन्धित विषय:

  • # राष्ट्रियसभाको बैठक आज बस्दै, कार्यसूचीहरु के-के छन् ?


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend