कात्तिक २ गते २०८३ || October 18, 2026

काठमाडौँमा सार्वजनिक सवारी ठप्प !


मंगलबार, फागुन २ २०७९०९:२४

काठमाडौँमा सार्वजनिक सवारी ठप्प !

काठमाडौँ - आन्दोलनरत यातायात मजदुरहरूले काठमाडौँ उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दले जनजीवन प्रभावित भएको छ । सरकारले आफूहरूसँग गरेको सहमति पालना नगरेको भन्दै सोमबार आन्दोलनमा उत्रिएमा यातायात व्यवसायीले आज सार्वजनिक यातायात बन्द आह्वान गरेका हुन् ।

मजदुर सङ्घको हडतालका कारण उपत्यकाका सार्वजनिक सवारी ठप्प भएका छन् । अचानक भएको सवारी ठप्पका कारण हजारौँ यात्रुहरू अलपत्र परेका छन् । यसको प्रत्यक्ष मारमा शैक्षिक संस्थाहरू परेका छन् । विद्यालयहरूले एसएमएस पठाउँदै आज शैक्षिक संस्था सञ्चालन हुन नसक्ने सन्देश विद्यार्थीहरूलाई पठाइरहेका छन् । 


  • सम्बन्धित विषय:

  • # काठमाडौँमा सार्वजनिक सवारी ठप्प !


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend