कात्तिक २ गते २०८३ || October 18, 2026

बागमती प्रदेशमा आजबाट ट्रायलमा ७० अङ्क ल्याए लाइसेन्स पाइने


मंगलबार, फागुन २ २०७९११:५२

बागमती प्रदेशमा आजबाट ट्रायलमा ७० अङ्क ल्याए लाइसेन्स पाइने

काठमाडौँ - बागमती प्रदेशमा आजदेखि सवारी चालक अनुमतिपत्र लाइसेन्स परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू भएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आजदेखि प्रदेशका सम्पूर्ण यातायात सेवा कार्यालयमा ट्रायलमा ७० अङ्क ल्याए पास हुने गरी ग्रेडिङ सिस्टम कार्यान्वयनमा ल्याएको हो ।

फागुन १ गतेबाटै लागू गर्ने तयारीमा रहेको प्रदेश सरकारले बिदा परेकाले आजदेखि नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको हो ।
मन्त्रालयले मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कूल अङ्कभार एक सय तोकेको छ । यसमा ७० अङ्क प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिने व्यवस्था गरिएको छ ।


  • सम्बन्धित विषय:

  • # बागमती प्रदेशमा आजबाट ट्रायलमा ७० अङ्क ल्याए लाइसेन्स पाइने


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend