असोज ३० गते २०८३ || October 16, 2026

सिन्धुलीको घ्याङलेख गाउपालिका वडा न- १ मा कमरेड बिसम्बरको प्यानल नै बिजय


सोमबार, जेठ २ २०७९०९:०४

सिन्धुलीको घ्याङलेख गाउपालिका वडा न- १ मा  कमरेड बिसम्बरको प्यानल नै बिजय

काठमाडौँ - सिन्धुलीको घ्याङलेख गाउपालिका वडा न- १ अमलेमा पुर्व जनमुक्ति सेना योद्धा सोम बहादुर भोलन कमरेड बिसम्बरको प्यानल नै बिजय भएको छ । प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसको उम्मेदवार रामकाजी वाइबालाई १३० मतको अन्तरले पराजित गर्दै ४८९ मत ल्याएर कमरेड बिसम्बरको प्यानल बिजय भएको हो ।

तत्कालीन जनयुद्ध कालमा १३ जना सहिद भएका उक्त अमले वडामा माओवादी केन्द्रले बिजय प्राप्त गरेको यो पहिलो पटक भने होइन । २०७४ सालको स्थानिय निर्वाचनमा नेपाली काङ्ग्रेसको उम्मेदवार रामकाजी वाइबा नै बिजय भएको थियो । तर यो पटक काङ्ग्रेसको उम्मेदवार रामकाजी वाइबाले अप्रत्याशित रुपमा हार्दै नेकपा माओवादी केन्द्रको उम्मेदवार कमरेड बिसम्बरको प्यानलले बिजय प्राप्त गरेको हो ।

प्यानल नै नेकपा माओवादी केन्द्रले जित हासिल गरेपछी बिजय जुलुस समेत निकालिएको थियो । बिजय जुलुसमा नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता पुर्व मन्त्री तथा संघिय प्रतिनिधि सभा सदस्य माननीय हरिबोल प्रसाद गजुरेल समेत उपस्थित भएर निर्वाचित सबैलाई बधाई तथा शुभकामना दिदै जनताको सेवामा सधै लाग्न अभिप्रेरित  गरे।  


  • सम्बन्धित विषय:

  • # प्रचण्ड


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend