कात्तिक २ गते २०८३ || October 18, 2026

आजको मौसम कस्तो छ ? 


बुधबार, फागुन ३ २०७९०७:१९

आजको मौसम कस्तो छ ? 

काठमाडौँ - हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति पनि प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

तराईका थोरै भूभागमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ भन्दै महाशाखाले मौसम सूचना तथा पूर्वानुमान अद्यावधिक रहन अनुरोध गरेको छ ।


  • सम्बन्धित विषय:

  • # आजको मौसम कस्तो छ ?


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend