कात्तिक २ गते २०८३ || October 18, 2026

‘जीवन रक्षाः तपाईंको हातमा’ नारासहित आज बाल क्यान्सरविरुद्धको दिवस मनाइँदै


बुधबार, फागुन ३ २०७९०७:२६

‘जीवन रक्षाः तपाईंको हातमा’ नारासहित आज बाल क्यान्सरविरुद्धको दिवस मनाइँदै

 काठमाडौँ - अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्धको दिवस हरेक वर्षको फेब्रुअरी १५ मा मनाउने गरिन्छ ।

‘जीवन रक्षा स् तपाईंको हातमा’ नारासहित यसपटक अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवसको मनाउन लागिएको हो । बाल्यकालमा हुने क्यान्सरका विरुद्ध जनचेतना बढाउनका लागि यो दिवस मनाउन सुरु गरिएको हो ।

हरेक ३ मिनेटमा विश्वभरका बालबालिकाहरुमा क्यान्सरले गर्दा बालबालिकाको मृत्यु हुने गरेको छ । यसबाट क्यान्सरको अवस्था कति भयानक छ भन्ने हामीले अन्दाज लगाउन सक्दनौं ।

हरेक वर्ष विश्वभर झन्डै दुई लाख ८० हजार बालबालीका र १९ वर्षमुनिका जनसङ्ख्याहरुमा क्यान्सर हुने गरेको पाइन्छ । उच्च आय भएका देशहरूमा ८० प्रतिशत क्यानसरबाट बाँच्ने धेरै सम्भावना रहेको छ भने कम र मध्यम आय भएका देशहरूमा २० प्रतिशत मात्र बाँच्ने सम्भावना रहेको छ ।


  • सम्बन्धित विषय:

  • # ‘जीवन रक्षाः तपाईंको हातमा’ नारासहित आज बाल क्यान्सरविरुद्धको दिवस मनाइँदै


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend