असोज २९ गते २०८३ || October 15, 2026

ओलीले मतदान गरेको सूर्यविनायक २ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी


सोमबार, जेठ २ २०७९०९:२९

ओलीले मतदान गरेको सूर्यविनायक २ को वडाध्यक्षमा  कांग्रेसका  उम्मेदवार विजयी

काठमाडौं - केपी शर्मा ओलीले मतदान गरेको सूर्यविनायक नगरपालिका वडा नं. २ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका वडाध्यक्षका उम्मेदवार प्रदीप कार्की १ हजार ५११ मतसहित विजयी भएका हुन् ।

उम्मेदवार प्रदीप कार्कीका निकटतम् प्रतिश्पर्धी एमालेका विश्वराज विष्टले १ हजार ३०५ मत पाएका छन् । यो वडामा वडाध्यक्षसहित कांग्रेसको प्यानल नै निर्वाचित भएको छ ।

एमाले अध्यक्ष वलीले वडा नं. २ बालकोटस्थित महेन्द्र शान्ति केन्द्रमा मतदान गरेका थिए । उनको निर्वाचन क्षेत्र झापा भए पनि भक्तपुरको बालकोटबाटै मतदान गर्ने गरेका छन् ।


  • सम्बन्धित विषय:

  • # काँग्रेस


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend