कात्तिक १ गते २०८३ || October 17, 2026

 माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने 


बुधबार, फागुन ३ २०७९१२:१६

 माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने 

काठमाण्डौँ - नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने औपचारिक निर्णय गर्ने भएको छ । वर्तमान सत्ता गठबन्धन भित्रबाट राष्ट्रपति बन्दा त्यसले राजनीतिलाई स्थिरता दिन नसक्ने र आफूहरू अप्ठ्यारोमा पर्ने निष्कर्षसहित माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने तयारी गरेको हो ।

यो निर्णय स्थायी कमिटीको बैठक बोलाएर केहीदिनमै गर्ने माओवादीका एक उच्च नेताले बताए । ‘बैठकको दिन त तोकिएको छैन तर फागुन १० वरिपरि औपचारिक निर्णय आउला,’ उनले भने । स्थायी कमिटीको बैठक अघि पदाधिकारीको बैठक बस्न सक्ने पनि उनले बताए । राष्ट्रपतिमा कांग्रेसलाई सघाउने कुरा लगभग तय भएको माओवादीका अर्का नेताले पनि पुष्टि गरे ।


  • सम्बन्धित विषय:

  • # माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend