कात्तिक १ गते २०८३ || October 17, 2026

'के देशलाई परनिर्भर बनाउनु जनयुद्धको उपलब्धि हो ?' : प्रेम सुवाल


बुधबार, फागुन ३ २०७९०१:११

'के देशलाई परनिर्भर बनाउनु जनयुद्धको उपलब्धि हो ?' : प्रेम सुवाल

 काठमाण्डौँ - आजको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले फागुन १ गते जनयुद्ध दिवसको बिदा दिएकोप्रति विरोध जनाए । 

उनले कृषि, स्वास्थ्य, रोजगारी, शिक्षा, ऊर्जा र देशको सुरक्षालाई परनिर्भर बनाउनु जनयुद्धको उपलब्धि हो र भन्दै प्रश्न समेत गरे ।  

उहाँले भन्नुभयो – ‘संविधानमा जनयुद्ध शब्द कतै लेखिएको छैन । तर सरकारले जनयुद्ध दिवसमा बिदा दियो । जनयुद्ध दिवसको उपलब्धि के हो ? कृषि, स्वास्थ्य, रोजगारी, शिक्षा, ऊर्जा, देशको सुरक्षा परनिर्भर बनाउनु जनयुद्धको उपलब्धि हो र ?’ 


  • सम्बन्धित विषय:

  • # 'के देशलाई परनिर्भर बनाउनु जनयुद्धको उपलब्धि हो ?' : प्रेम सुवाल


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend