कात्तिक २ गते २०८३ || October 18, 2026

गोंगबु घटनाको छानबिन गरी लुटपाटमा संलग्नलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन


बुधबार, फागुन ३ २०७९०४:५९

गोंगबु घटनाको छानबिन गरी लुटपाटमा संलग्नलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” सोमबार दिउँसो काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानविन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले घटनाको गहिरो गरी छानविन गर्न र अन्याय परेका सबैले समुचित न्याय पाउने गरी कार्वाही गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले गोंगबुमा सोमबार भएको घटनालाई गम्भीर रूपमा लिएको बताए । उनले भने, “राजधानीमा नै यस प्रकृतिका घटना हुँदा घटनालाई राज्यले गम्भीर रूपमा लिनुपर्छ। घटनाको पृष्ठभूमि के छ, के कारणले त्यस्तो अप्रिय घटना घट्न पुग्यो, त्यसमा दोषी कोको छन्, त्यो सबै कुराको गहिरो गरी अनुसन्धान गर्नुस् । लुटपाटको घटना झन् गम्भीर छ, त्यसमा दोषीलाई कार्वाही गर्नुस् र जो जो पीडित छन्, उनीहरूले छिटोभन्दा छिटो न्याय पाउने वातावरण बनाउनुस् ।”

छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका प्रमुखहरूले बसपार्क क्षेत्रमा केही विवाद भए पनि यति अप्रिय घटना होला भनेर आफूहरूले पूर्वअनुमान नगरेको बताए ।

उनीहरूले घटनामा परी ३३ जना प्रहरी घाइते हुँदा शान्तिसुरक्षाको पूर्वअनुमान गर्न नसकिएको, प्रहरीको सावधानीका कारण मानवीय क्षति नभएको र विवादकै बिच लुटेरा समूहले फाइदा उठाएको प्रारम्भिक अनुसन्धानले देखाएको ब्रिफिङ गरेका थिए ।


  • सम्बन्धित विषय:

  • # गोंगबु घटनाको छानबिन गरी लुटपाटमा संलग्नलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend