कात्तिक ३ गते २०८३ || October 19, 2026

आजको मौसम : प्रदेश एकमा हिमपात, अन्यत्र कस्तो रहला ?


शुक्रबार, फागुन ५ २०७९०७:२१

आजको मौसम : प्रदेश एकमा हिमपात, अन्यत्र कस्तो रहला ?

काठमाडौँ - हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम, कर्णाली  र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश एकको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति  देशको  पहाडी भूभागमा  आंशिक बदली तथा बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ । देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नदेखिएकोले केही दिन वर्षाको कुनै सम्भावना नरहेको महाशाखाले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # आजको मौसम : प्रदेश एकमा हिमपात, अन्यत्र कस्तो रहला ?


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend