जेठ - धादिङको खनियाबास गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रणबहादुर तामाङ विजयी भएका छन् भने उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार सेकेमान तामाङ विजयी भएको छ । त्यसैगरी उत्तरी धादिङको रुविभ्याली गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामसिंह तामाङ र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार फेलामा तामाङ विजयी भएको हो ।
खनियाबास गाउँपालिका अध्यक्ष विजयी भएका रणबहादुरले एक हजार ६ सय ९ मत ल्याएको छ । । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उठेका फुलबहादुर तामाङले एक हजार तीन सय ९६ मत ल्याएका हुन् । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि विजयी भएको थियो । त्यस्तै गाउँपालिका उपाध्यक्षमा विजयी सेकेमानले एक हजार आठ सय ३७ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका मरियम तामाङले एक हजार दुई सय ३७ मत ल्याएको जानकारी दिए ।
अध्यक्ष र उपाध्यक्षमा विजयी हुनुभएकाहरु गठबन्धनबाट उम्मेदवार बन्नुभएको थियो । खनियाबास गाउँपालिका वडा नं १, २ र ३ मा राप्रपाका उम्मेदवारहरु क्रमश सोनाम बहादुर तामाङ, अरुण कुमार पाख्रिन, कमान सिंह तामाङ, वडा नं ४ मा नेपाली कांग्रेसका उम्मेदवार लिलामान तामाङ र वडा नं ५ मा नेकपा एमालेका उम्मेदवार रविन कुमार तामाङ विजयी भएका थिए ।