कात्तिक २ गते २०८३ || October 18, 2026

भोलि महाशिवरात्रिः वैकल्पिक रुट प्रयोग गर्न ट्राफिकको आग्रह


शुक्रबार, फागुन ५ २०७९०५:५१

भोलि महाशिवरात्रिः वैकल्पिक रुट प्रयोग गर्न ट्राफिकको आग्रह

काठमाडौँ - महाशिवरात्रिको अवसरमा गौशालास्थित पाशुपति क्षेत्रमा शनिबार यातायात प्रभावित हुने भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले शुक्रबार रातिदेखि नै दर्शनार्थीहरुको भीडभाड हुने भएकाले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सन गरिने जानकारी दिएको छ ।

गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवी मोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाइभर्सन गरिने भएको हो ।

त्यसैगरी, मालवाहक सवारी साधनाहरूलाई भने तीनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगलपुल र बसुन्धाराबाटै डाइभर्सन गरिने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले गौशाला क्षेत्रमा शनिबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न चालकलाई अनुरोध गरेका छन् ।


  • सम्बन्धित विषय:

  • # भोलि महाशिवरात्रिः वैकल्पिक रुट प्रयोग गर्न ट्राफिकको आग्रह


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend