असोज ३० गते २०८३ || October 16, 2026

एमालेको तीन जिल्ला कमिटी विघटन, आगामी वैशाखमा निर्वाचन हुने


शनिबार, फागुन ६ २०७९०९:२१

एमालेको तीन जिल्ला कमिटी विघटन, आगामी वैशाखमा निर्वाचन हुने

काठमाण्डौँ - नेकपा एमालेले मधेस प्रदेशको तीन जिल्ला महोत्तरी, पर्सा र रौतहट को जिल्ला कमिटी विघटन गरेको छ । ती जिल्ला आन्तरिक विवाद भएपछि विघटन गरिएको एमाले मधेस प्रदेश कमिटीले जनाएको छ । जनकपुरधाममा शुक्रबार बसेको एमाले मधेस प्रदेश सचिवालय बैठकले विघटित जिल्लाको अधिवेशन आगामी वैशाखमा तोकिएको एमाले नेता अन्युत मैनालीले बताए । 

सचिवालय बैठकले वैशाख १४ र १५ गते महोत्तरीमा, वैशाख १७ र १८ गते पर्सामा र वैशाख २० र २१ गते रौतहटमा जिल्लामा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको उनको भनाइ छ । सचिवालय बैठकमा प्रदेश अध्यक्ष रामऔतार यादव, मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठ, सहइन्चार्ज पुरुषोत्तम पौडेल, नेताहरू सुमन प्याकुरेल, लिलानाथ श्रेष्ठ, कृषिमन्त्री ज्वाला कुमारी साह, सांसद अच्युत मैनाली लगायतको सहभागिता थियो । 


  • सम्बन्धित विषय:

  • # एमालेको तीन जिल्ला कमिटी विघटन, आगामी वैशाखमा निर्वाचन हुने


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend