असोज ३० गते २०८३ || October 16, 2026

एमाले प्रदेश कमिटीले गर्‍यो दुर्गा प्रसाईलाई कारबाही गर्न सिफारिस


शनिबार, फागुन ६ २०७९१२:३८

एमाले प्रदेश कमिटीले गर्‍यो दुर्गा प्रसाईलाई कारबाही गर्न सिफारिस

झापा -  नेकपा एमाले प्रदेश १ कमिटीले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पार्टीबाट निष्काशन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ ।

एमाले प्रदेश कमिटी बैठकले मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंले पार्टीको नीति, सिद्धान्तविपरीत गतिविधि गरेको भन्दै उनलाई पार्टीबाट निकालेर कारबाही गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो ।

एमाले केन्द्रीय सदस्य प्रसाईंले यही फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाह तथा उनका छोरा पारसलाई सहभागी गराई मेचीनगर–६ मा  ‘नागरिक बचाउ महाअभियान’को उद्घाटन गराएका थिए ।  


  • सम्बन्धित विषय:

  • # एमाले प्रदेश कमिटीले गर्‍यो दुर्गा प्रसाईलाई कारबाही गर्न सिफारिस


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend