असोज ३० गते २०८३ || October 16, 2026

राष्ट्रपति निर्वाचनले कांग्रेसमा एकता


पिपल अनलाइन
आइतबार, फागुन ७ २०७९०८:३६

राष्ट्रपति निर्वाचनले कांग्रेसमा एकता

काठमाडौँ - राष्ट्रपति निर्वाचनका कारण नेपाली कांग्रेसभित्र मतभेद साँघुरिँदै गएको छ । पुस २६ गते पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिन नहुने पक्षमा रहेका नेताहरूसमेत अहिले माओवादीलाई विश्वासमा लिएर नयाँ राष्ट्रपति कांग्रेसको पक्षमा पार्ने रणनीतिमा जुटेका हुन् ।

पार्टीभित्रका आन्तरिक विवाद थाँती राखेर कांग्रेस नेताहरू माओवादी केन्द्रलाई विश्वासमा लिन सक्रिय भएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा मात्र होइन, अन्य नेताले पनि पार्टीले अघि सारेको उम्मेदवार नै नयाँ राष्ट्रपति बन्ने बताउँदै आएका छन् । उनीहरू प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्र अध्यक्ष दाहालसहितका नेताहरूसँग वार्ता र छलफलमा जुटेका छन् । कांग्रेसमा सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षको निर्णयलाई नमान्न भयमा रहेका दाहाललाई आश्वस्त पार्न इतरपक्षका नेताहरू नै लागेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।


  • सम्बन्धित विषय:

  • # राष्ट्रपति निर्वाचनले कांग्रेसमा एकता
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend