असोज ३० गते २०८३ || October 16, 2026

'प्रविधि, क्षमता विकास र विस्तारमा राससको ध्यान जानु आवश्यक छ' :  प्रधानमन्त्री प्रचण्ड


आइतबार, फागुन ७ २०७९०३:३२

'प्रविधि, क्षमता विकास र विस्तारमा राससको ध्यान जानु आवश्यक छ' :  प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समाचार समिति राससले राज्यको एक आधिकारिक सूचना बैंकको रुपमा काम गर्न सक्नुपर्ने बताएका छन् । आइतबार राष्ट्रिय समाचार समिति राससको ६२ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताए ।  

वार्षिकोत्सवको समारोहमा शुभकामना दिदै प्रधानमन्त्री प्रचण्डले भने, ‘‘प्रविधि र आफ्नो क्षमता विकास र विस्तारमा राससको ध्यान जानु आवश्यक छ । अहिले स्वदेशी तथा विदेशी सञ्चारमाध्यमलाई समाचार सेवा प्रदान गर्दै आएको छ । ६ दशकभन्दा पुरानो संस्था राससले राज्यको एक आधिकारिक सूचना बैंकको रुपमा काम गर्न सकोस्। प्रतिस्पर्धाको युगमा समय अनुसार आफूलाई अब्बल प्रमाणित गर्न सकोस्।’’

राससले टेलिभिजन र डिजिटल सेवा सुरु गरेकोमा प्रधानमन्त्री प्रचण्डले बधाई दिएका छन । आजको विज्ञान तथा प्रविधिको युगमा सूचना र प्रविधिको विकासले सामाजिक जीवनका सम्पूर्ण आयामलाई समेटेको उनको भनाइ छ।  राससले आफ्ना सेवालाई चुस्त दुरुस्त राख्ने क्षमता विकास गर्न सकोस् भन्ने शुभकामना प्रधानमन्त्री प्रचण्डले दिए । 


  • सम्बन्धित विषय:

  • # 'प्रविधि, क्षमता विकास र विस्तारमा राससको ध्यान जानु आवश्यक छ' :  प्रधानमन्त्री प्रचण्ड


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend