असोज ३० गते २०८३ || October 16, 2026

माधव नेपालले भने__'एक साताभित्र सत्तारुढ गठबन्धनको भविष्य टुंगो लाग्छ' 


आइतबार, फागुन ७ २०७९०३:४८

माधव नेपालले भने__'एक साताभित्र सत्तारुढ गठबन्धनको भविष्य टुंगो लाग्छ' 

काठमाडौँ - एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र सत्तारुढ गठबन्धनको टुंगो लाग्ने बताएका छन् ।

कीर्तिपुरमा आफ्नो पार्टीनिकट अनेरास्ववियुको स्थायी कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रपतिको चुनावबाट सत्तारुढ गठबन्धनको भविष्य टुंगो लाग्ने बताएका हुन् ।

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको १३ फागुनमा मनोनयन रहेको छ । यसलाई इंगित गर्दै उनलृ एक साताभित्र सत्तारुढ गठबन्धनको भविष्य टुंगो लाग्ने बताएका हुन् । संविधान विरोधीदेखि संविधानका पक्षपाती शक्तिहरु रहेकाले गठबन्धन लामो समय नटिक्ने उनको दाबी छ ।


  • सम्बन्धित विषय:

  • # माधव नेपालले भने__'एक साताभित्र सत्तारुढ गठबन्धनको भविष्य टुंगो लाग्छ'


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend