धादिङ - जिल्कोलाको गजुरी गाउँपालिका अधयक्षमा गठबन्धनबाट माओवादी केन्द्रका गणशलाल श्रेष्ठ विजयी भएका छन् भने उपाध्यक्षमा गठबन्धनबाट सर्मिला विसुराल विजयी बनेकी छिन् ।
माओवादी केन्द्रले अध्यक्ष सहित ५ वटा वडा र कांग्रेसले उपाध्यक्ष सहित ३ वटा वडामा जित हासिल गर्दा गठबन्धनमा रहेको एकीकृत समाजवादी र एक्लै प्रतिपर्धामा रहेको एमालेले वडा समेत जित्न सकेनन् ।
अध्यक्षमा जितका लागि गणशलाल श्रेष्ठले ६,३०८ ल्याएका थिए भने उनको प्रतिद्वन्दी एमालेका राजेन्द्र विक्रम बस्नेतले ४,०५१ मत ल्याए । ०७४ सालमा पनि यी दुई बीच प्रतिस्पर्धा रहेको थियो । बस्नेतले ४,३३६ मत ल्याउँद श्रेष्ठले ४,००६ मत ल्याएका थिए । त्यो बेलाको हारको बदलामा यो पटक गठबन्धनको सहयोग लिएर श्रेष्ठले चुक्ता गरेका छन् ।