कात्तिक १ गते २०८३ || October 17, 2026

महावीर पुनसँगको भेटमा प्रधानमन्त्रीले भने-'विज्ञान,प्रविधिको विकासमा प्रतिवद्ध छु'


मंगलबार, फागुन ९ २०७९११:३७

महावीर पुनसँगको भेटमा प्रधानमन्त्रीले भने-'विज्ञान,प्रविधिको विकासमा प्रतिवद्ध छु'

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विज्ञान र प्रविधिको विकास नभइकन नेपालको विकास हुन नसक्ने बताएका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार आविस्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिएका हुन् ।

‘वैज्ञानिक आविस्कारको क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास हुँदैन,’ उनले भने । वर्तमान युग विज्ञान र प्रविधिको भएकाले कुनै पनि देशको अस्तित्वका लागि यसका विकास अपरिहार्य भएकोमा उनले जोड दिए । ‘अहिलेको युग नै विज्ञान र प्रविधिको हो। जसले लगानी र प्रगति गर्छ त्यो टिक्छ, जसले गर्दैन त्यो टिक्दैन,’ प्रधानमन्त्रीले भने ।


  • सम्बन्धित विषय:

  • # महावीर पुनसँगको भेटमा प्रधानमन्त्रीले भने-'विज्ञान,प्रविधिको विकासमा प्रतिवद्ध छु'


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend