असोज ३० गते २०८३ || October 16, 2026

रामेछापको दोरम्बा गाउँपालिका वडा नम्बर ४ मा कांग्रेसका श्याम लामा निर्वाचित


मंगलबार, जेठ ३ २०७९११:३३

रामेछापको दोरम्बा गाउँपालिका वडा नम्बर ४ मा कांग्रेसका श्याम लामा निर्वाचित

काठमाडौँ - रामेछापको दोरम्बा गाउँपालिका वडा नम्बर ४ मा युवा नेता नेपाली कांग्रेसबाट श्याम लामा निर्वाचित भएका छन् । रामेछाप गौस्वरामा लामो समय देखि कम्युनिष्टको गढ रहेको सो ठाउँमा एमालेलाई पछी पार्दै उम्मेदवार लामा निर्वाचित भएका हुन् । त्यस्तै ४ वटा सदस्यमा माओवादीले बाजी मारेको छ ।

रामेछापको उक्त क्षेत्रमा लामो समय देखि कम्युनिष्ट पार्टी एमालेले राज गरेको थियो । यस्तो एमालेको लालकिल्लालाई समेत पछी पार्दै लामा बिजय हुँदा वडा नै चकित भएका छन् । 

उम्मेदवार श्याम लामा दोरम्बा गाउँपालिका वडा नम्बर ४ का  जनताको मन मस्तिष्कमा बस्न सफल रहेका छन् । आब झनै प्रतिनिधि भैसके पछी जनताले ठुलो आश गरेको छ । उनलाई हजारौ जनताले  भेटेर सफल कार्यकालको शुभकामना दिएका थिए  ।  


  • सम्बन्धित विषय:

  • # श्याम लामा


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend