असोज ३० गते २०८३ || October 16, 2026

माधव नेपाललाई राष्ट्रपति बनाएर संसदमा ठूलो दल बन्ने ओलीको दाउ


बुधबार, फागुन १० २०७९१२:३३

माधव नेपाललाई राष्ट्रपति बनाएर संसदमा ठूलो दल बन्ने ओलीको दाउ

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई ठूलो दलको संसदीय हैसियत कायम गराउन माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेका छन् ।

उनले लामो समयदेखि आफूप्रति क्रुद्ध रहेका र आफ्नै पार्टी बिभाजन गरेर एकीकृत समाजवादी गठन गरेका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिको अफर गर्नुको कारण दश सांसदलाई आफ्नो पार्टीमा समाहित गर्ने योजना रहेको बताइएको छ ।

एमालेबाट बिभाजित भएर गठित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बनाउने उनको रणनीतिको पछाडि सांसदको ठूलो दलको हैसियत कायम गर्ने ओलीको दाउ रहेको छ ।

लामो समयदेखिको तिक्तता कायमै रहेका बेला अप्रत्याशित रुपमा ओलीले नेपाललाई राष्ट्रपतको रुपमा प्रस्ताव गर्नुको पछाडि ओलीले एकीकृत समाजवादीका दश सांसदसहित एकीकृत समाजवादीलाई एमालेमा समाहित गर्ने उद्देश्य रहेको बताइन्छ। अहिले संसदमा ठूलो दलको हैसियतमा रहेको नेपाली कांग्रेससँग ८९ सांसद रहेका छन्। एमालेसँग ७९ सांसद रहेका छन्। जस अनुसार माधव नेपाल राष्ट्रपति बने उनीसँग रहेका दश सांसदमध्ये नौ जना आउँदा एमालेका ८९ सांसद हुन पुग्दछन्।


  • सम्बन्धित विषय:

  • # माधव नेपाललाई राष्ट्रपति बनाएर संसदमा ठूलो दल बन्ने ओलीको दाउ


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend