कात्तिक १ गते २०८३ || October 17, 2026

बूढानीलकण्ठ नगरपालिका ८ मा एमालेका सुमन तामाङको प्यानलसहित विजयी


बुधबार, जेठ ४ २०७९१२:३१

बूढानीलकण्ठ नगरपालिका ८ मा  एमालेका सुमन तामाङको प्यानलसहित विजयी

काठमाडौं - बूढानीलकण्ठ नगरपालिका वडा नं. ८ मा नेकपा एमालेका सुमन तामाङसहित प्यानलै विजयी भएको छ ।   विजयीले तामाङले निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेद्वारलाई ४५४ मतको फराकिलो मतान्तरले पराजित गरेका हुन् ।

अन्तिम मत परिणाम अनुसार नेकपा एमालेका उम्मेद्वार सुमन तामाङले १५२२ मत पाउँदा नेपाली कांग्रेसका प्रत्यासीले १०६८ मत प्राप्त गरेका हुन्।

यस्तै, सुमन तामाङ विजयी हुँदा नेकपा एमालेकै महिला वडा सदस्यमा मैना पराजुली, दलित महिला सदस्यमा गोमा मंग्रान्ति, खुल्ला सदस्यहरुमा विनोद थापा र सविन अधिकारी एकैसाथ निर्वाचित भएका छन् ।

सुमन तामाङ विजयी हुनुअघि हाम्रो टिमसँगको अन्तर्वार्ता : 


  • सम्बन्धित विषय:

  • # एमाले
  • # बूढानीलकण्ठ नगरपालिका
  • # सुमन तामाङ


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend