काठमाडौँ - बूढानीलकण्ठ नगरपालिकाको मेयरमा नेकपा एमालेका मिठनाराम अधिकारी निर्वाचित भएका छन्। मेयर अधिकारी १४ हजार २ सय ५० मतसहित निर्वाचित भएका हुन् ।
मेयर मिठनाराम अधिकारीका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोद चालिसेले ११ हजार ५ सय १२ मत प्राप्त गरका छन् ।
त्यस्तै, उपाध्यक्षमा एमालेकै अनिता लामा विजयी भएकी छन् । उनले १४ हजार ३ सय १४ मत प्राप्त गरेर बिजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी रमिला वाग्लेले ११ हजार ९ सय ७२ मत प्राप्त गरेका छन् ।