कात्तिक ३ गते २०८३ || October 19, 2026

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न तीन दलको बैठक बस्दै


बिहीबार , फागुन ११ २०७९०३:३८

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न तीन दलको बैठक बस्दै

 काठमाडौँ - राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न तीन दलको संयुक्त बैठक बस्न लागेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीचको  बैठक ३ बजे बालुवाटार बस्न लागेको हो ।

बैठकमा राष्टपति निर्वाचन र नयाँ सत्ता समीकरणको विषयमा छलफल हुने बताइएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र प्रधानमन्त्री प्रचण्डबीच दिउँसो सिंहदरवारमा भेटवार्ता भएको थियो ।  दुई दलका शीर्ष नेताको बैठकपछि जसपा अध्यक्ष उपेन्द्र  यादवसहित फेरि बैठक बस्न लागेको हो ।


  • सम्बन्धित विषय:

  • # राष्ट्रपति निर्वाचनबारे छलफल गर्न तीन दलको बैठक बस्दै


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend