कात्तिक ३ गते २०८३ || October 19, 2026

माओवादी र जसपाका नेताबीच राष्ट्रपति निर्वाचनबारे छलफल


बिहीबार , फागुन ११ २०७९०५:२८

माओवादी र जसपाका नेताबीच राष्ट्रपति निर्वाचनबारे छलफल

काठमाडौँ - नेकपा माओवादी केन्द्रका नेता र जसपाका शीर्ष नेताहरुबीच बिहीबार माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बैठक बसेको छ । 

प्रधानमन्त्री प्रचण्डसहित उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, नेताहरू शक्ति बस्नेत र जसपाका अध्यक्ष उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरूले राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको हो ।

केही बेरको छलफलपछि प्रधानमन्त्री प्रचण्डसहित उपप्रधानमन्त्री श्रेष्ठ क्याबिनेट बैठकमा सहभागी हुन प्रधानमन्त्री कार्यालय पुगेका छन् । अहिले बाँकी नेताहरुबीच बैठक जारी रहेको छ ।


  • सम्बन्धित विषय:

  • # माओवादी र जसपाका नेताबीच राष्ट्रपति निर्वाचनबारे छलफल


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend