कात्तिक २ गते २०८३ || October 18, 2026

उपत्यकामा सवारी गति निर्धारण : प्रतिघण्टा ५० किलोमिटर मात्र !


बिहीबार , फागुन ११ २०७९०५:४४

उपत्यकामा सवारी गति निर्धारण : प्रतिघण्टा ५० किलोमिटर मात्र !

 काठमाडौँ - काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसँगै सवारी साधनको गतिको सीमा तोकिएको छ । उपत्यकाभित्रका चक्रपथ रिङ रोड सँगै सर्भिस ट्रायकको समेत गति सीमा तोकिएको हो । जसअनुसार कलंकी–कोटेश्वर सडक खण्डको ट्रयाकमा प्रतिघण्टा अधिकतम ५० किलोमिटर र सर्भिस ट्रयाकमा २० किलोमिटर गति तोकिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै कोटेश्वर–भक्तपुर सडक खण्डमा समेत प्रतिघन्टा ५० किलोमिटरको गति तोकिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रण सम्बन्धी व्यवस्था र सडकको भौतिक अवस्था समेतलाई मध्यनजर राखी सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि यस्तो नियम कार्यान्वयनमा ल्याएको ट्राफिक प्रहरीको भनाइ छ ।


  • सम्बन्धित विषय:

  • # उपत्यकामा सवारी गति निर्धारण : प्रतिघण्टा ५० किलोमिटर मात्र !


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend