कात्तिक २ गते २०८३ || October 18, 2026

राष्ट्रपति निर्वाचन : आज अन्तिम मतदाता नामावली प्रकाशन, भोलि उम्मेदवारी दर्ता


शुक्रबार, फागुन १२ २०७९०६:५७

राष्ट्रपति निर्वाचन : आज अन्तिम मतदाता नामावली प्रकाशन, भोलि उम्मेदवारी दर्ता

काठमाडौँ - राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज अन्तिम मतदाता नामावली प्रकाशन हुने भएको छ । मतदाता नामावलीमा समावेश नाममा छानबिन पछि आज अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको तयारी छ । 

आयोगले यसअघि नै सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार भोलि उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।  अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ । उम्मेदवारी दर्ताको पूर्वसन्ध्यामा दलहरू भने सहमति जुटाउने अन्तिम कसरतमा जुटेका छन् ।


  • सम्बन्धित विषय:

  • # राष्ट्रपति निर्वाचन : आज अन्तिम मतदाता नामावली प्रकाशन, भोलि उम्मेदवारी दर्ता


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend