कात्तिक २ गते २०८३ || October 18, 2026

प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूचीहरु ? 


शुक्रबार, फागुन १२ २०७९०७:००

प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूचीहरु ? 

काठमाडौँ - प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । बैठक अपराह्न १ बजे नयाँवानेश्वर स्थित सङ्घीय संसद् भवनमा बस्नेछ । 

बैठकमा सम्पत्ति शुद्धीकरण संशोधन विधेयकलगायतमा छलफल हुनेछ । सो विधेयकमाथि संशोधन हाल्न दिइएको ७२ घण्टाको समय सीमा आज सकिँदैछ ।

त्यसैगरी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त “अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।  


  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूचीहरु ?


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend