कात्तिक ३ गते २०८३ || October 19, 2026

चुनावी गठबन्धन ब्युँताउने अन्तिम तयारी


शुक्रबार, फागुन १२ २०७९०७:२५

चुनावी गठबन्धन ब्युँताउने अन्तिम तयारी

काठमाडौँ - राष्ट्रपति पदका लागि उम्मेदवारी मनोनयनको दिन नजिकिँदै गर्दा विगतको चुनावी गठबन्धनका आबद्ध दलहरू एकाकार हुन थालेका छन् । वर्तमान सात दलीय सत्ता गठबन्धन दलहरूबीच राष्ट्रपति पदको विषयमा फरक मत देखिएसँगै पुराना सत्ता सहयात्रीहरू एक ठाउँमा उभिन लागेका हुन् ।

पुरानो गठबन्धन ब्युँताउनका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवाद र जनता समाजवादीका शीर्ष नेताहरू अन्तिम तयारीमा रहेको नेताहरूले बताएका छन् ।

राष्ट्रपतिको उम्मेदवार टुंग्याउने अन्तिम घडीमा संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूको सक्रियता निकै बढेको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले निरन्तर छलफल गरिरहेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार चार दलबीच भएको छलफलपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छलफल सकारात्मक रहेको प्रतिक्रिया दिए । उनले चार दलबीच धेरै विषयमा कुरा भएको बताउँदै अब फेरि एक ठाउँमा बसेपछि सहमतिको खाका तयार हुने विश्वास व्यक्त गरे।

कांग्रेस सभापति देउवासहितका नेताहरूले तत्कालीन पाँच दलीय गठबन्धनका सबै दलका नेताहरूसँग चरणबद्ध छलफलपछि विगतको पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने सहमति बनाउनुपर्नेमा नेताहरूको जोड छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।


  • सम्बन्धित विषय:

  • # चुनावी गठबन्धन ब्युँताउने अन्तिम तयारी


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend