कात्तिक २ गते २०८३ || October 18, 2026

सात महिनामा साढे चार लाख विदेशिए


शुक्रबार, फागुन १२ २०७९०७:४७

सात महिनामा साढे चार लाख विदेशिए

काठमाडौँ - चालु आर्थिक वर्षको सात महिनामा वैदेशिक रोजगारीमा जान ४ लाख ६४ हजार युवाले श्रमस्वीकृति लिएका छन् ।

यो संख्या गत वर्षको सोही अवधिमा ३ लाख ५९ हजार ५०५ रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागले सार्वजनिक गरेको गत ७ महिनाको तथ्यांकले यो वर्ष रोजगारीको लागि जानेको संख्या ८ लाख भन्दा बढी हुने देखिन्छ ।

गत आवमा वैदेशिक रोजगारीमा जान ६ लाख ३५ हजारले श्रमस्वीकृति लिएकोमा चालु आवको ७ महिनामा नै ४ लाख ६४ हजार पुगेको छ । आजको कारोबार दैनिकबाट


  • सम्बन्धित विषय:

  • # सात महिनामा साढे चार लाख विदेशिए


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend