असोज ३० गते २०८३ || October 16, 2026

सिद्दलेक ५ को वडाध्यक्षमा घले निर्वाचित, विद्यार्थी नेता विश्वकर्माद्वारा सम्मान


बुधबार, जेठ ४ २०७९१०:३६

सिद्दलेक ५ को वडाध्यक्षमा घले निर्वाचित,  विद्यार्थी नेता  विश्वकर्माद्वारा सम्मान

काठमाडौँ - सिद्दलेक गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा बुद्द घले निर्वाचित भएका छन् । सो वडामा घलेले कुल खसेको १७२० मत मध्ये सर्वाधिक १०८५ मत प्राप्त गरेर विजयी भएका हुन।

स्थानीय निर्वाचनमा करिब सत्तरी प्रतिशत मत ल्याएर निर्वाचित भएका बुद्द घलेलाई अखिल क्रान्तिकारिका विद्यार्थी नेता तथा उपत्यका विशेष प्रदेश कमिटी सदस्य चेत बहादुर विश्वकर्माले सम्मान गरेका छन।

विगत लामो समयदेखि राजनीतिमा लागेर अनवरत रुपमा गरिब, निमुखा र दलितहरुको हकहितका लागि लडेको भन्दै नवनिर्वाचित वडाध्यक्ष घलेलाई विश्वकर्माले सम्मान गरेका हुन्। घले धादिङका एक निर्भीक, स्पष्ट, पारदर्शी तथा जनहितमा काम गर्ने नेता हुन्। 


  • सम्बन्धित विषय:

  • # बुद्द घले


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend