कात्तिक ३ गते २०८३ || October 19, 2026

मतदाताको उजुरीमाथि छानबिन गरी आज अन्तिम नामावली प्रकाशन हुँदै


शुक्रबार, फागुन १२ २०७९०२:५१

मतदाताको उजुरीमाथि छानबिन गरी आज अन्तिम नामावली प्रकाशन हुँदै

 काठमाडौँ - राष्ट्रपति निर्वाचन कार्यक्रमअन्तर्गत आज मतदाता नामावलीमा समावेश नाममा दाबी विरोध र उजुरीमाथि छानबिन गरेर अन्तिम नामावली प्रकाशन गरिँदै छ । 

२५ फागुनमा हुने राष्ट्रपति र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका प्रकाशित मतदाता नामावलीमाथि परेका दावी विरोध र उजुरीमाथि छानबिन गरेर अन्तिम नामावली प्रकाशित गर्ने निर्वाचन आयोगले जनाएको छ ।  शुक्रबार मध्यान्हसम्म दाबी विरोध र उजुरीमाथि छानबिन गर्ने र दिउँसो ३ देखि ४ बजेभित्र अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम छ । 


  • सम्बन्धित विषय:

  • # मतदाताको उजुरीमाथि छानबिन गरी आज अन्तिम नामावली प्रकाशन हुँदै


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend