धादिङ - धादिङको नीलकण्ठ नगरपालिका वडा नं १२ को वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार धर्मराज भण्डारी (राजकुमार) विजयी भएका छन् । भण्डारीले १ हजार ४५ मत सहित अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार बाबुराम लंसालले ७ सय ३९ मत ल्याएका थिए । लंसाललाई ३ सय ६ फराकिलो मत अन्तरले पराजित गर्दै भण्डारी विजयी भएका हुन् । वडा सदस्यहरुमा पनि नेपाली काँग्रेसका उम्मेदवारहरु नै विजयी भएका छन् । नेपाली काँग्रेसको पकेट क्षेत्रको रुपमा मानिएको साविकको साँकोष गाविस समेत रहेको नीलकण्ठ नगरपालिका १२ मा २०७४ को निर्वाचनमा नेकपा एमालले काँग्रेसलाई पछारेको थियो ।
काँग्रेस भित्र नै किचलो भएपछि २०७४ सालको निर्वाचनमा एमालेले काँग्रेसलाई घाममा छलङग सुकाई दिएका थिए । जसको बदला २०७८ को स्थानीय तहको निर्वाचनको नतिजाले भण्डारीले एमालेलाई रुखले छोपिदिएको छ ।