असोज ३० गते २०८३ || October 16, 2026

राष्ट्रपतिमा पौडेल र नेम्वाङबीच प्रतिस्पर्धा हुने


शनिबार, फागुन १३ २०७९११:३९

राष्ट्रपतिमा पौडेल र नेम्वाङबीच प्रतिस्पर्धा हुने

 काठमाडौँ - भावी राष्ट्रपतिका लागि रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ बिच प्रतिस्पर्धा हुने भएको छ ।

आज बिहान बसेको कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिको उम्मेदवारमा रामचन्द्र पौडेललाई उठाउने तथा नेकपा एमाले सचिवालय बैठकले नेम्वाङलाई उठाउने निर्णय गरे पछि दुई जनाबिच प्रतिस्पर्धा हुने भएको हो ।

गत १० पुसको सहमति तोडेर नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने हिजो निर्णय लिएका थिए । गठबन्धन तोडेर माओवादी कांग्रेससँग नयाँ गठबन्धन गर्न गएको भोलिपल्ट एमालेलले सचिवालय बैठक डाकेर नेम्वाङलाई उम्मेदवार बनाएको हो ।

निर्वाचन आयोगले आज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा १० देखी ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समयसिमा तोकिएको छ । निर्वाचन भने २५ फागुनमा हुनेछ ।


  • सम्बन्धित विषय:

  • # राष्ट्रपतिमा पौडेल र नेम्वाङबीच प्रतिस्पर्धा हुने


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend