असोज ३० गते २०८३ || October 16, 2026

एमाले तत्काल सरकारबाट नबाहिरिने, २५ फागुनसम्म हेर्ने


शनिबार, फागुन १३ २०७९१२:००

एमाले तत्काल सरकारबाट नबाहिरिने, २५ फागुनसम्म हेर्ने

काठमाडौँ - नेकपा एमालेले २५ फागुनसम्म पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार नछाडने निर्णय लिएको छ ।

आज बसेको केन्द्रिय सचिवालय बैठकले सो निर्णय गरेको प्रचार बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

‘२५ गतेसम्म राष्ट्रपति चयनको मिति भएको हुनाले त्यसबेलासम्म पुस १० गतेकै सहमति अनुसार अगाडि बढ्छौं, तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिन्नौं,’ उनले पत्रकार सम्मेलनमा भने ।


  • सम्बन्धित विषय:

  • # एमाले तत्काल सरकारबाट नबाहिरिने, २५ फागुनसम्म हेर्ने


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend